किसानी माविले जित्यो मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि

Gandaki Pardesh notice

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिमको किसानी माविले जितेको छ ।

साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण, चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले द्धितिय स्थान हासिल गर्न फल भएको छ । त्यसैगरी पाँच स्वर्ण ,६ रजत र ६ कास्य पदक जित्न सफल वडा नम्बर ५ स्थित भिम मावि तृतिय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुने किसानी माविले रु. ८० हजार नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय भएको जनप्रिय माविले रु. ६० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सो पुरस्कार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुन, वडा नम्बर ४ का वडा अध्यक्ष भेजेन्द्रमान पुन, वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका, वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन, वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी, शिक्षा अधिकृत रिजाल लगायतले वितरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष बर्गुजाले प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद संचालन गर्न प्रोत्साहन,प्रतिभाको पहिचान तथा खेलक्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिक्षा अधिकृत रिजालका अनुुसार,विहिबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको संचालन जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...