राहुघाटको अण्डरसुलुसबाट पानी बगाइयो, डिसेण्डर निर्माण शुरु गरिदै

Gandaki Pardesh notice

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधको अण्डरसुलुसबाट पानी बगाउन थालिएको छ ।

डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि शनिबार राहुघाट नदीलाई फर्काएर अण्डरसुलुसबाट पानी बगाउन थालिएको हो । नदी फर्काउने कार्य जलविद्युुत आयोजना निर्माणको चरणमा महत्पूर्ण कोशेढुङ्गा र फड्को मानिन्छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको आयोजना व्यवस्थापक राज बिष्टले बताए ।

Shreekrishna hardwear in news

उनका अनुसार दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँ तर्फको भुगोलमा निर्माण भएको ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला बगाइएको हो ।

‘अण्डर सुुलुुस र स्पिल वे निर्माण सकेर डिसेण्डर बनाउन थालिएको हो,’ उनले भने ‘३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुुगेको छ ।’

राहुघाट जलविद्युत आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ ।

default

वि.स. २०७४ मंसिरमा रु. छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियट्ले हालसम्म ६५ प्रतिशत काम गरेको प्रर्वद्धक कम्पनी रघुुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङ ९० प्रतिशत र विद्युतगृह निर्माणको काम पचास प्रतिशत भन्दा बढी सकिएको छ । ६ किलोमिटर २ सय मिटर सुरुङ मध्य पाच किलोमिटर ५९८ मिटर सुरुङ निर्माण सकिएको जयप्रकाश एसोशियट्सका आयोजना व्यवस्थापक हरिस अग्रवालले बताए ।

Bhautik ministry notice about road

अब ६०२ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी छ । अबको दुई महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य सहित काम भैरहेको छ । सिभिल ठेकेदारले वि.स. २०७५ असारमा पहुँचमार्ग र वि.स. २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिइएको छ ।

सुरुङबाट आउने पानीलाई रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।

विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटर मध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ ।

default

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।

प्राकृतिक विपद्, कोरोना (भाइरस)को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । सर्वोच्च अदालतको वि.स. २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।

default
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...