शिक्षकहरुको वक्तृत्वकला प्रतियोगितामा हेम माविका थनेत प्रथम

Gandaki Kotihome

विद्यार्थी तर्फ प्रकाश माविका टेनिस छन्त्याल विजयी
बेनी, । म्याग्दीका शिक्षकहरुबीच शुक्रबार बेनीमा भएको वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७ शिवाङको हेम नमुना आवासीय माविका शिक्षक मनिराम थनेत प्रथम हुनुभएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास कार्यालयको आयोजनामा भएको प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविका अर्जुन पौडेल दृतीय र बेनी नगरपालिका–७ को प्रकाश माविका खगेश्वर रिजाल तृतीय हुनुभयो ।

‘म विद्यार्थीको लागि, विद्यार्थी मेरा लागि’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । विद्यार्थीहरुबीच भएको ‘समावेशी र सिपमुलक शिक्षा स्वदेशमा युवा राष्ट्रको इच्छा’ शिर्षकको वक्तृत्वकला प्रतियोगितामा प्रकाश माविका टेनिश छन्त्याल प्रथम हुनुभएको छ ।

Shreekrishna hardwear in news

बेनी सामुदायिक माविका अभिशेष पौडेल दृतीय र ज्ञानोदय मावि मौवाफाँटका विविसा सुवेदी तृतीय हुनुभयो । ११ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । दुई वटै प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई प्रमाणपत्रको साथमा क्रमश रु. दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

Notice about ban dadalo

बिहिबार शिक्षक र विद्यार्थीहरुको नृत्य प्रतियोगिता भएको थियो । नृत्य प्रतियोगितामा शिक्षक तर्फ प्रकाश मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी भएका थिए । शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३ विद्यालयले सहभागिता जनाएका थिए । शिक्षकतर्फ बेनी सामुदायिक मावि द्धितिय र प्रभा मावि तृतिय हुन सफल भएका छन् ।

विद्यार्थीतर्फ प्रभा मावि द्धितिय र समान अंकको आधारमा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, माउण्ट एभरेष्ट आवासीय मावि र बेनी सामुदायिक माविलाई तृतिय पुरस्कार वितरण गरिएको छ ।

प्रथम, द्धितिय र तृतिय हुने शिक्षक र विद्यार्थीले क्रमश ः रु. १५ हजार, रु. १० हजार र रु. ७ हजार सहित प्रमाणपत्र प्राप्त गरेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो । शिक्षकको नृत्यमा विद्यार्थीको १२ र शिक्षकको १३ समुह सहभागि भएका थिए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको कार्यक्रमको समापनमा जिसस प्रमुख राजकुमार थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । बक्तृवत्वकला र नृत्य प्रतियोगितामा बिजयी शिक्षक विद्यार्थीहरुलाई पुष २५ र २६ गते पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागिताका लागि पठाइने सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...