मालिकामा माओवादीका अगुवा कार्यकर्तालाई प्रशिक्षण

Gandaki Pardesh notice

दरवाङ, । नेकपा (माओवादी केन्द्र)को मालिका गाउँपालिका कमिटिले शुक्रबार अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । जनतासँग माओवादी रुपान्तरण अभियान अन्र्तगत गाउँपालिकाको केन्द्र दरवाङमा भएको कार्यक्रममा वैचारिक तथा राजनैतिक प्रशिक्षण दिएको हो ।

माओवादी पार्टीको मुुद्दा, नेपालको राजनीतिक परिवर्तनका लागि माओवादीको भूमिका तथा योगदान र आगामी योजनाका विषयमा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर बुढा र गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिकले प्रशिक्षण दिनुभएको थियो ।

Bhautik ministry notice about road

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमितिका सचिव लालबहादुर घतानेको अध्यक्षतामा भएको कार्यक्रममा भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समिक्षा पनि गरिएको थियो ।

Shreekrishna hardwear in news

माओवादीको नेतृत्वमा भएको जनयुद्धका कारण प्राप्त भएको उपलब्धीको रक्षा र संविधानको कार्यान्वयनसगै जनताका समस्या समाधानमा केन्द्रित हुुनपर्ने नेताहरुको भनाई थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...