लमजुुङमा आठ वटा ठूूला सडक र पुुल निर्माण शुुरु हुुने

Gandaki Ghumau

लमजुुङ, ः गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ ।

भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले बिहिबार लमजुुङको दोर्दी गाउँपालिका–७ फलेनी स्थित बालकल्याण माविको ५० औ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको उद्घाटन गर्नुुहुुदै यस वर्ष लमजुुङमा चार÷चार वटा सडक र मोटरेबल पुुलको बहुुबर्षीय ठेक्का लगाउन छनौट भएको जानकारी दिनुुभयो ।

चालुु आर्थिक वर्षमा रु. तीन करोड बजेट बिनियोजन भएको बेशीसहर–बाग्लुुङपानी सडकको रु. १५ करोडको ठेक्का लगाउन छनौट भएको छ । यस वर्ष रु. चार करोड बजेट बिनियोजन भएको बराङखोला–बिचौर सडक योजनालाई रु. बीस करोडको ठेक्का लगाउन लागिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

रु. पाँच करोड बजेट बिनियोजन भएको करपुुटार–डडुवा–साल्मेझञ्याङ–मालिङ कपुुर गाउँ (साल्मेभञ्ज्याङ देखि कपुुरगाउँ खण्ड) लाई रु. २५ करोडको र तीन करोड बजेट बिनियोजन भएको सोही सडकको तेस्रो खण्डको रु. १५ करोड बजेटको ठेक्का लगाउन लागिएको छ ।

स्रोत सुुनिश्चितता भइसकको लाङदीखोला मोटरेबल पुुलको ठेक्का आव्हान भइसकेको र तार्दी खोला मोटरेबल पुुलको ठेक्का आव्हान गर्ने तयारी भएको पूर्वाधार विकास कार्यालय लमजुुङका प्रमुख विवेक सिग्देलले बताउनुुभयो । कोलासोथर गाउँपालिकाको बालुुवाबेशी रुदीखोला पुुल, दोर्दी गाउँपालिका–५ को करौतीखोला र बेशीसहर नगरपालिकाको पुमाखोला पुुल योजना पनि बहुुबर्षीय ठेक्का लगाउन छनौट भएको छ ।

आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले आयोजना बैंक बनाएर प्राथमिकताप्राप्त र आवश्यकता भएका आयोजनाहरुलाई छनौट गर्ने तयारी गरेको मन्त्री जुुग्जालीले बताउनुुभयो । “भनसुुन, दवाव र प्रभावको आधारमा नभई आवश्यकतालाई प्राथमिकता दिएर योजना छनौट र बजेट बिनियोजन हुुन्छ,” उहाँले भन्नुुभयो “प्रदेश सरकारले दुुर्गम र विकट क्षेत्रको सहज यातायात सेवाको पहुँच बढाउन प्राथमिकता दिएको छ ।”

पञ्चायत र राजतन्त्र कालमा हालीमुुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको बिरोध गरेका बताउँदै उहाँले संघीयता विकासका लागि वरदान भएको बताउनुुभयो । “संघीयताका कारणनै गाउँ गाउँमा विकास गतिबिधि बढेको छ,” उहाँले भन्नुुभयो “यो व्यवस्थालाई अझै सुुधार गर्दै लैजानुुपर्छ ।” सरकारी स्वामित्वका नेपाल आयल निगम, वायुु सेवा निगम, साझा प्रकाशन नाफामा जानुु सरकारको सफलता र सुुधारको संकेतका रुपमा लिनुुपर्ने बताउनुुभयोे ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...