रातोपहिरोमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ र ९ को सिमानामा पर्ने रातोपहिरोमा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पाखापानी देखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जिप दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–२ की १० वर्षीया रिया बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले घाइते अवस्थामा उद्धार गरेर बेनी अस्पतालमा पु¥याउँदा चिकित्सकले रियालाई मृत घोषणा गरेका जानकारी दिनुभयो । मृतक बालिका दशैमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

Bhautik ministry notice about road

११ जना घाइते मध्य चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा पठाइएको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । ४२ वर्षीय दलप्रसाद गौचनको पनि खुट्टा भाँचिएको छ ।

Shreekrishna hardwear in news

अन्य घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिप सडक देखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...