जलजलाले कोरोना संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने

khali

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।

समुदायस्तरमा कोरोना परीक्षण गर्न “एक घर, एक पिसिआर”को अबधारणा अघि सारेको जलजलाको लामाखेत स्थित कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई उपचार खर्च पनि उपलब्ध गराउने निर्णय गरेको हो ।

परिक्षणका क्रममा पहिचान भएर जटिल अवस्थाका अस्पताल भर्ना हुनेलाई उपचार खर्च वापत प्रतिव्यक्ति दश देखि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको कार्यपालिकाका प्रबक्ता देबेन्द्र भण्डारी (रबी)ले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“लक्षण नदेखिएका संक्रमितको होम आइसोलेनमा राखेर उपचार गर्ने र अस्पताल भर्ना हुनुपर्नेहरुका लागि उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ,” उहाँले भन्नुभयो “अस्पताल भर्ना हुन धरौटी राख्न र उपचार गर्न नसक्ने बिपन्न र गरिब समुदायका नागरिकका लागि लक्षित गरेर यस्तो ब्यवस्था मिलाएका हौ ।”

khali

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले ‘एक घर–एक पिसिआर जाँच’को अबधारणा अघि सार्दै पालिकाबासीलाई सो सुविधा लिन अपिल गर्नुभएको छ । आइतबार पर्वत बेनीबाट एक घर एक पिसिआर जाँच अभियान सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

यसैबीच जलजलाका जनप्रतिनिधिहरुले प्रदेश सरकारको कानुन अनुसार दशै भत्ता वापत पाउने सुबिधाको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्य गरि ४७ जनाको दशै भत्ता कोरोना कोषमा जम्मा गरिने प्रबक्ता भण्डारीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शैयाको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मल्ल कोरोना जितेर दशै अघि घर फर्कनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...