८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग

Gandaki Pardesh notice

साधन राम्जाली
च्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।

८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित सिद्धार्थ माविलाई एक लाख रुपैयाँ, उहाँका स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र स्वर्गीय छोरी चित्रा घर्ती मगरको स्मृतिमा पचास हजार रुपैयाँ गरी दुई लाख पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सोही अवसरमा माइला छोरा टार्जन पुनले पचास हजार, कान्छा छोरा दुर्गा पुनले ५० हजार र रुपि पुन दुराले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सो रकम घनमाया पुन, उहाँका छोराछोरी र बुहारीले वडा अध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुन मगर लगायतलाई विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

जेठा छोरा÷बुहारी दलमान पुन र माया पुनले गत वर्ष पचास हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । भने उहाँका भान्जा खिमबहादुर बुढाले दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । सो रकम विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने विद्यालयका प्रअ घर्ती मगरले बताउनुभयो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष पुन मगरले सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहुँदै ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेको बताउनुभयो । ८४ औं जन्मोत्सवमा उपस्थित सबैलाई भोजन गराइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुनले विद्यालय सञ्चालनको लागि देशविदेशमा रहेका च्युरीबोटबासीहरुले ठुलो आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक पुर्वाधार निर्माणको क्रम जारी रहेपनि त्यो प्रयाप्त नभएको बताउनुभयो । उहाँले देशविदेशमा रहेका च्युरीबोटबासी लगायत विद्यालयका भुपु विद्यार्थीबाट अक्षयकोषका लागि सहयोगको अपेक्षा गर्नुभयो ।

साथै सोही अवसरमा विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लब लगायत सङ्घ संस्थाहरुले घनमाया र उहाँका परिवारलाई सम्मान गरेका थिए । वि.सं.२०५५ सालमा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको प्रअ घर्ती मगरको भनाइ छ । कक्षा दश सम्म पढाई हुने विद्यालयमा १२७ जना विद्यार्थी छन् ।

विद्यालयका शिक्षक छकप्रसाद घर्ती मगरका अनुसार अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६४३ रुपैयाँ संकलन भएको छ । सोही अवसरमा गत वर्षको एसईई परिक्षामा विद्यालयबाट सहभागी भई मालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगद सहित पुरस्कृत गरेको छ ।

कार्यक्रममा अक्षयकोषका सचिव तथा घनमायाका जेठा छोरा दलमाल पुन मगर,अक्षयकोष अध्यक्ष पुन लगायतले बोल्नुभएको थियो । शिक्षक छकप्रसाद घर्तीले संचालन ,प्रअ घर्ती मगरले स्वागत गर्नुभएको कार्यक्रमको समापन विव्यस अध्यक्ष तमबहादुर पुनले समापन गर्नुभएको थियो । प्रवासमा रहेका च्युरीबोटबासीले विद्यालय,सामाजिक क्षेत्र लगायतमा सहयोग गर्दै आइरहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...