न्यु धौलागिरि सहकारीको २४ औ साधारणसभा

Gandaki Pardesh notice

बेनी, । बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो ।

म्याग्दीको जेठो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा ७ हजार १२३ जना शेयर सदस्यको आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ शेयर पुँजी रहेको छ । निक्षेपतर्फ ५५ करोड ८ लाख १ हजार ९०५ रुपैयाँ र कर्जा लगानी ६० करोड ८९ लाख ३९ हजार १८९ रुपैयाँ रहेको सहकारीको जगेडासहित अन्यकोषमा चार करोड ४ लाख २ हजार २३१ रुपैया रहेको सहकारी साधारणसभामा जानकारी गराएको छ । गतआर्थिक बर्ष सहकारीले ७७ करोड १६ लाख ४९ हजार ३५९ रुपैयाँको कारोबार गरेको थियो ।

साधारणसभाको अवसरमा उत्कृष्ट शाखा बनाउन सफल पर्वतको जलजला–३ मल्लाज सेवा केन्द्रका संयोजक हेमन्त थापालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कर्मचारीहरुतर्फ अनी घर्तिमगर, शर्मिला पौडेल, नरबहादुर थापा, तुलन बुढा, डिप्सन भण्डारीलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सहकारीले म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सोमप्रसाद सापकोटालाई नगद १५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो ।

Shreekrishna hardwear in news

सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी दिनदिनै बढ्दै गएको बताउनुभयो । उहाँले घरजग्गामा भन्दा सहकारीले उद्यमशिलता र उत्पादनमूलक क्षेत्रमा बचत लगानी गर्न आग्रह गर्नुभयो । सहकारीको ऐन नियम, मूल्यमान्यता र सिद्धान्तलाई पालना गरेर संचालन भएका सहकारीलाई समस्या नभएको बताउदै जनस्तरबाट बचत भएको रकमलाई सुरक्षित हुनेगरि नाफा आउने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

केही सहकारीका संचालक समितिको लापरबाहीले राम्रा सहकारीलाई चुनौती थपिएको छ, राम्रा सहकारीका सेयर सदस्य र संचालकले सहकारीलाई मजबुद बनाउन बोनस कम खाएर संस्थालाई बलियो बनाउन आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संचालक समिति, कर्मचारी र शेयरसदस्यले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले केही सहकारीको गल्तीले राम्रा सहकारीलाई चुनौती दिएको बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले सहकारीले क्षेत्राधिकार बाहिर ऋण लगानी गर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसकेको देखिएको बताउनुभयो । अध्यक्ष र प्रवन्धकको गल्तीले बचत फिर्ता गर्न नसकेको सहकारीको जिम्मेवारी कार्यसमिति सबैले भोग्नुपर्ने बताउनुभयो ।

‘नगरमा ५१ सहकारीमध्यै १० सहकारीलाई हटाएर ४१ सहकारी कायम छन् । यी सहकारीमध्ये केही सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी बचतकर्तामार्फत आएका छन् । लेखापरिक्षकको गल्तीले बचतकर्ताको बचत जोखिममा परेको छ’– उहाँले भन्नुभयो ।

सहकारीको नाममा रहेको अचल सम्पतीलाई बेचेर सहकारीले चल पुँजी बनाएर अघि बढ्न संचालक समिति, शेयर सदस्य र कर्मचारीलाई प्रमुख केसीले आग्रह गर्नुभयो । सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत सुर्यप्रसाद आचार्यले सहकारी संचालकले बचतको रकम मिटर ब्याजमा लगानी गर्ने, बचतलाई ठुला घरजग्गामा लगानी गर्दा सहकारी जोखिममा परेकोे उल्लेख गर्नुभयो ।

उहाँले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्रका उपसमिति संयोजक हेमन्त थापा, पत्रकार हरिकृष्ण गौतम शेयरसदस्यहरु लक्ष्मी सुवेदी पौडेल र टिकानाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदी स्वागत, संचालक समितिका सदस्य हेमन्त थापाको संचालनमा सम्पन्न कार्यक्रम ७ वटा शाखाका उपसमिति, कर्मचारी लगायतको उपस्थित रहेको थियो । मूख्य कार्यालय बेनी रहेको यस सहकारीले मल्लाज, पोखरेबगर, तातोपानी, बाबियाँचौर, दरबाङ र मुनामा सेवाकेन्द विस्तार गरेर सेवा दिदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...