पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण

Gandaki Pardesh notice

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ ।

गत कात्तिकमा वडा दशै पर्वको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमबाट कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लव पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले रु. ८ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिनुभयो ।

“पोखरेबगरबासीको भेलाको निर्णय अनुसार कालीगण्डकी नदी किनारको उपभोग विहिन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौ,” उहाँले भन्नुभयो “खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीहरुलाई अभ्यास गर्न सहज भएको छ ।”

Shreekrishna hardwear in news

११२ मिटर लम्बाइ र ४० मिटर चौडाई भएको खेलमैदानमा सेभेन ए साइड फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले बताउनुभयो । डोजर लगाएर सम्माइएको खेलमैदानको सतहमा माटो राखिएको छ । स्टेजका लागि पर्खाल निर्माण भएको छ ।

Bhautik ministry notice about road

सो खेलमैदानमा पुष ७ गतेदेखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । खेलमैदान नुहँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता र अभ्यास हुने गरेको थियो । खेलकुद गतिबिधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो ।

पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो । तिब्र रुपमा बस्ति विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेलमैदान निर्माण हुन सकेको थिएन् । खेलमैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्यावीयन पर्खाल बनाएर तटबन्ध गरिएको थियो । खेलमैदानको छेउमा निर्माणाधिन सार्वजनिक शौचालयलाई पनि पुर्णता दिइएको छ ।

खेलमैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ । प्याराफिट, घेराबार र स्टेज निर्माण गर्न आवश्यक छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लवको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेलमैदान तयार गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।

खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने अध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाले राष्ट्पति रनिंग शिल्ड समापनका अवसरमा खेलमैदान निर्माण गरेकोमा क्लवलाई सम्मान पनि गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...