बेनी, । नेपाली काँग्रेस म्याग्दीले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको उमेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
बेनीमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को अध्यक्षतामा बसेको बैठकले उमेद्वार बनाउन तीन जनाको नाम सिफारिस गरेको हो ।
नेताहरुका अनुसार खुल्लामा पुर्व उपसभापति माधवप्रसाद रेग्मी, महिनामा महिला नेता बिना खड्का र अपाङ्गमा सुरेन्द्र केसीको नाम सिफारिस भएको छ । सर्वसम्मत रुपमा उमेद्वारको नाम सिफारिस गरेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ।