अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पीयन

Gandaki Pardesh notice

पोखरेबगर, । नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित प्रभाले लगातार दोस्रो पटक उपाधी चुमेको हो । पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि बिजेता रहेको प्रभाले दोस्रो पतियोगिता गुमाएको थियो ।

दोस्रो राष्ट्रपति रनिङ शिल्डको बिजेता घारको मुक्तिमार्ग मावि ८ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित उपबिजेतामा सिमित भएको छ । ६ स्वर्ण, ११ रजत र ४ कास्य पदक सहित शिख मावि तृतीय बनेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतियोगिताको बिजेता विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. पचास हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुनेले रु. ३० हजार र रु. २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३१५ जना खेलाडीहरुले कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतिष्पर्धा भएको थियो । भलिबल, कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई रु. पाँच÷पाँच हजारका दरले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

एथलेटिक्समा प्रभा माविका हरिस रन्तिजा र छात्रातर्फ शिख माविकी सम्झना विक, कवड्डीमा प्रभाका प्रदिप बिक र सोनिया थजाली, भलिबलमा ज्ञानप्रकाश मावि दानाका सनिस गौचन र शिख माविकी कमला पाईजालाई उत्कृष्ट खेलाडी घोषणा गरेर पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामी, ६ नम्बर वडा अध्यक्ष रामबहादुर खड्का र वडा नम्र ४ का कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई यही पुष २० र २१ गते बेनीमा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...