लक्ष्य अघिनै कालोपत्र गर्ने बेनी गलेश्वर सडकका निर्माण व्यवसायीलाई स्थानीयबासीको सम्मान

Gandaki Ghumau

बेनी, २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई आज स्थानीयबासीले नागरिक अभिनन्नद सहित सम्मान गरेका छन् ।

बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ संस्थाको तर्फबाट सम्मान गरिएको हो ।

गलेश्वरधाम आमा समूहले आयोजना गरेको कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोष र टोल विकास संस्थाका पदाधीकारी तथा स्थानीयबासीले कार्कीलाई सम्मानपत्र प्रदान गर्नुका साथै फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।

Shreekrishna

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर एक सय मिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र कालोपत्र गर्न वि.स. २०७९ पुष १७ गते भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको थियो ।

Gunasthariya Shiksya

समुहका अध्यक्ष फुलकुमारी रोकाले राम्रो र छिटो काम गरेका निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की र स्थानीयबासी बमबहादुर पुनले असहज अवस्थाका बावजुद लक्ष्य भन्दा अघि सडक कालोपत्र गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो ।

सडक निर्माण भएपछि धुलो र हिलोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नुको साथै यात्राअवधि पनि छोटिएकोमा स्थानीयबासीले खुसी व्यक्त गरेका छन । बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ । बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्य अघिनै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक कार्कीले बताउनुभयो । “आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजिकरण हुँदा सहज भयो,” उहाँले भन्नुभयो “व्यवसायको १३ वर्षको अवधिमा १०० भन्दा बढी योजना लक्ष्यअघिनै सम्पन्न गरेको छु । समुदायबाट पहिलो पटक सम्मान पाएकोमा उत्साहीत भएको छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...