फलातेमा बिउ संकलन र भण्डारण केन्द्र

Sinchai Khanipani notice

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको भएको छ ।

गाउँपालिका र कृषकहरुको रु. १४ लाख ५० हजार लागतमा रायो सागको बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको हो । भवन निर्माण गरि केन्द्र स्थापना भएपछि घरघरमै गएर बिउ संकलन र ब्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार गाउँपालिकाको रु. आठ लाख ८१ हजार ५४६ सहयोग र उपभोक्ताको रु. पाँच लाख बराबरको श्रमदान गरेका छन् । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुबिधाबापतको रकम संकलन गरेर बनाएको कोषबाट रु. पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

५७ घरधुरीले १३ दिनका दरले श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताउनुभयो । स्तरोन्नति गरेर कोल्ड स्टोर समेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताउनुभयो ।
कृषकहरुले बिउ, तरकारी र आलु संकलन तथा भण्डारणका अतिरिक्त सिपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । ब्यवसायिक रुपमा आलु खेतिको प्रशस्त सम्भावना भएको फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका कृषकले व्यावसायिक रूपमा मार्फा रायो जातको सागको बीउ उत्पादन गर्छन् ।

यस वर्ष प्रतिकिलो रु. आठ सयका दरले २६ क्विन्टल रायो सागको बिउ फलातेबाट निकासी भएको थियो । ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बीउ उत्पादनमा कृषकको आकर्षण बढेको छ । गाउँका सबैले बीउ उत्पादन गर्न साग खेती गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...