फलामेडाडामा लाटोकोसेरो उत्सव हुने

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा लाटोकोसेरो उत्सव हुने भएको छ ।
आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने प्रकृतिका साथी काठमाडौले जनाएको छ । स्थानीय समुदाय सँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसोरो संरक्षण अभियन्ता राजु आचार्यले बताउनुभयो ।

संरक्षणको अभावमा संकटमा परेको लाटोकोसेरो तथा हुचिललाई संरक्षण गर्न समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरेर उत्सव मनाउन लागिएको हो । उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाडाको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पुर्जा पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

नेपालबाट वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंछी चोरी शिकारी हँदै गएपनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौं मुल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको छ ।

Shreekrishna hardwear in news

लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरीन्छ । कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ ।

यो पंछीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पंछीको जस्तै हुन्छ । तर यसको संख्या वर्षेनी घट्नेक्रममा छ । उत्सवको अवसरमा लाटोकोसेरो तथा हुचिल सम्बन्धी विभिन्न डकुमेन्ट्री, चित्रकला प्रर्दशन गरिने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...