तातोपानी कुण्डमा कपडा फेर्ने भवन निर्माण

Gandaki Pardesh notice

तातोपानी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको तातोपानीको कुण्डमा पूर्वाधार विस्तार भएको छ ।

पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानी स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्कि भवनमा महिला र पुरुषहरुका लागि कपडा फेर्न दुई वटा कोठा बनाइएको जानकारी दिनुभयो ।

“जस्तापाटाको छाना भएको टहरामा पाहुनाहरुलाई कपडा फेर्न असजिलो भएको थियो,” उहाँले भन्नुभयो “कपडा झुण्डाउने, बेन्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।” कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैचा बनाएर सौन्दर्यकरण गरिएको छ ।

Shreekrishna hardwear in news

बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फुल रोपेर बगैचा बनाइएको छ । शरिर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्धारलाई मौलिक बनाउन भक्तपुरे इटाको प्रयोग गरिएको छ ।

पर्यटन वोर्ड पोखराका प्रमुख नविन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९÷८० मा रु. १५ लाख बजेट बिनियोजन भएको थियो । सौन्दर्यकरणको लागि कुण्ड समितिले थप रु. तीन लाख लागत साझेदारी गरेको छ ।

Bhautik ministry notice about road

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मुर्ति सहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरु आउने गर्छन् ।

कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाउन सौन्दर्यकरणले सहयोग पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कष्ण खड्काले बताउनुभयोे । बिरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने बिरामीहरु बताउँछन् ।

प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै बिदेशबाट पनि मानिसहरु आउने गर्छन् । चिसो यामको शुरुवातसँगै कुण्डमा स्नानका लागि आउने भक्तजनको चाप बढेको छ ।

तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति रु. ३५० शूल्क तोकिएको छ । प्रवेशशूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ । बिगत १३ बर्षदेखि सरस्वती माविका १६ जना मध्य चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु. एक लाखका दरले सहयोग गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...