अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Gandaki Ghumau

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रपछि स्थानीय सरकारले पालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नथालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास र खेल पूर्वाधार निर्माणमा टेवा पुगेको उहाँको भनाई थियो ।

Shreekrishna

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । साथै भलिबल,कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले प्रतियोगिताले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताएका थिए । प्रतियोगितामा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर खड्का र शिख मावि शिखका प्रधानाध्यापक केदार कार्कीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ ।

पहिलोदिन सम्पन्न भएको १५ सय मिटर दौड प्रतियोगिताको छात्र तर्फ मुक्तिमार्ग मावि घारका विद्यार्थी मन्दिप परियार प्रथम,शिख माविका राजन तिलिजा द्धितीय,ज्ञानप्रकाश मावि दानाका अमृत बसेल तृतीय भए । यसैगरी छात्रा तर्फ शिख माविकी रितु विक प्रथम,प्रभा मावि नारच्याङकी रेजिना पुन द्धितीय र टिकोट माविकी रेनु पुन तृतीय भए । विजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा, गाउँपालिका अध्यक्ष पुन लगायत कार्यक्रमका अथितिहरुले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचाचलन प्रतियोगिता सह आयोजक मुक्तिमार्ग मावि घारका प्रधानाध्यापक ठकराज बरुवाल गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन पूर्व पोखरेबगरमा नौमति बाजा सहित शिक्षक, विद्यार्थी लगायतले ¥याली निकालेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...