हाइड्रोका कर्मचारी, प्रहरी र स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा बिहिबार जलबिद्युत आयोजना (हाइड्रो)का कर्मचारी, प्रहरी र स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, म्याग्दीका अनुसार उनिहरु सबै कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुन् । रघुगंगा गाउँपालिका स्थित जलबिद्युत आयोजनामा काम गर्ने वर्ष ५५, ५० र ४१ का तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत बर्ष २५ का एक जना पुरुष र बेनी अस्पतालमा कार्यरता वर्ष २७ की एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको कात्तिक ६ गते स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको थियो ।

Shreekrishna hardwear in news

स्वास्थ्य अवस्था सामान्य रहेका उनिहरु स्थानीय र होम आइसोलेशनमा छन् । म्याग्दी जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८६ जना पुगेको छ । ८ जना महिला र ५२ जना पुरुष निको भएर घर गएका छन् ।

यसैगरी एक हजार ८५४ वटा स्वाबको नमुना संक्रमण गरि पिसिआर जाँचका लागि पठाइएकोमा एक हजार ८३६ वटाको नतिजा आएको छ । १८ वटाको रिपोर्ट आउन बाँकी छ । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ६ जनाको औपचारिक तथा ४ जनाको अनौपचारिक जानकारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...