शिक्षामा लगानी बढाउन आवश्यक ः नेता ज्ञवाली

Gandaki Ghumau

बेनी, । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञावलीले शैक्षिक सुधारका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । शिक्षा क्षेत्रमा न्यून बजेट बिनियोजन र बेथितिका कारण अहिले शैक्षिक क्षेत्र कमजोर हुँदै गएको प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका ज्ञवालीको भनाई छ ।

बेनी नगरपालिका ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आयोजित स्वर्गीय हिराबहादुर स्मृति अक्षयकोष स्थापना कार्यक्रममा पूर्व पराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञावलीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेता ज्ञावलीले शैक्षिक क्षेत्रमा सरकारको लगानी बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले शिक्षा क्षेत्रमा न्यून लगानी छ । शैक्षिक क्षेत्रको सुधारका लागि राज्यले समग्र बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ ।’’ शैक्षिक क्षेत्रमा लगानीको न्यूनता र अन्य बेथितिहरुले गर्दा समग्र शैक्षिक क्षेत्र कमजोर हुँदै गएको उहाँको भनाई थियो ।

Shreekrishna

‘‘१२ कक्षा पास गरेपछि विद्यार्थीहरु विदेशी कलेजहरुमा पुग्ने अवस्था छ । शैक्षिक क्षेत्र सुधारमा ध्यान नदिने हो भने भविष्यमा हाम्रा विश्वाविद्यालयहरु र कलेजहरु रित्तिने अवस्था हुनसक्छ, त्यसैले शैक्षिक सुधारमा सरकार,स्थानीय तह र सरोकारवालाहरु सवैले ध्यान दिन आवश्यक छ ’’उहाँले भन्नुभयो ।

Gunasthariya Shiksya

गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने प्रवृत्ति बढेको बताउँदै उहाँले कोषले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रको विकासका लागि बानियाँ परिवारले गरेको उदाहरणीय कार्यको उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।

स्थानीय निवासी स्वर्गीय हिराबहादुर बानियाँको स्मृतिमा उहाँको परिवारले पाँचलाख रुपियाँ बराबरको हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन । कोषबाट वार्षिक रुपमा अतिविपन्न,गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

उपमहासचिव तथा पूर्व पराष्ट्रमन्त्री ज्ञावली, बानियाँका छोराहरु प्रकाश र किरण बानियाँले उक्त कोषको रकम विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्नुभयो । पाँचलाखको अक्षयकोषलाई भविष्यमा २५ लाख रुपियाँ सम्म पु¥याउने लक्ष्य रहेको परिवारले बताएका छन् ।
कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न र उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने कोषका संरक्षक किरण बानियाँले बताउनुभयो । पाँचलाखबाट सुरु भएको अक्षयकोषको रकम भविष्यमा २५ लाख रुपियाँ पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक विकासमा ठुलो टेवा पुगेको प्रधानाध्यापक ढुङ्गानाले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका ६ का वडाध्यक्ष कृष्णसिङ बानियाँ, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादब सुवेदी, प्रकाश माविका प्रअ लेखबहादुर हमाल लगायतले बानियाँ परिवारले विद्यालयमा स्थापना गरेको कोषले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...