सिंगाको चिस्यानगृहमा सुुुन्तला भण्डारण गरेर परिक्षण थालियो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरेर चिस्यान गृहको परिक्षण गरिएको छ ।

बेनी नगरपालिका– ४ सिंगामा चिस्यानगृह निर्माण भएको चिस्यानगृहमा पहिलो पटक आजदेखि सुन्तला भण्डारण गर्न थालिएको हो । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले पहिलो चरणमा चिस्यानगृह परिक्षण गर्न सुन्तला भण्डारण गर्न थालिएको बताउनुभयो ।

“बेनी नगरपालिका–३ को मरेक, राखु, वडा नम्बर –४ को बास्कुना, सुर्केमेला र थामडाडाका कृषकहरुबाट ४०० क्रेट सुन्तला संकलन गरेर राख्न लागेका हौ,” उहाँले भन्नुभयो “परिक्षण सफल भयो भने जिल्ला भरका कृषकले उत्पादन गरेको सुन्तला, आलु लगायत कृषि उपज भण्डारण गर्छौ ।”

Shreekrishna hardwear in news

चिस्यानगृह प्रयोगमा ल्याउन नगरपालिकाले क्रेट र कृषकहरुले सुन्तला उपलब्ध गराएका छन् । अहिले राखेको सुन्तला फागुन चैत महिनाको बेसिजनमा बजारमा पठाएर बढी मूल्य पार्न सकिने वडा अध्यक्ष खड्काले बताउनुभयो । कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यानगृह निर्माण सम्पन्न गरेको थियो ।

Bhautik ministry notice about road

रु. एक करोड ८३ लाख ४४ हजार ३७२ लागत अनुमान गरिएको चिस्यानगृह बनाउन राजेशवावु निर्माण सेवा जाजरकोटसँग रु. एक करोड ५१ लख २० हजार ७३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो ।

तापक्रमलाई सन्तुलित बनाईराख्ने उपकरण र संरचना भएको सो चिस्यानगृहको क्षमता तीन सय मेट्रिक्टन रहेको छ । नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर सहयोगी बन्ने अपेक्षा गरिएको छ । कोल्डस्टोर नगरपालिकाको गत आर्थिक वर्षको सबैभन्दा ठूलो र प्राथमिकता प्राप्त योजना हो ।

तीन वर्षअघि बेनी नगरपालिकालाई कोल्डस्टोर बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन् । कोल्डस्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषक समेत रहेका वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा २० मेट्रिक्टन र वडा नम्बर २ भगवतिमा २५ मेट्रिक्टन क्षमताको चिस्यानगृह निर्माण भएको छ । झिँमा रु. २१ लाख ७८ हजारको लागतमा चिस्यानगृह निर्माण भएको गाउँपालिकाका ईञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

भगवतिको चिस्यानगृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले कर बाहेक रु. ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । दुुई वटै चिस्यानगृह प्रयोगमा भने आएका छैनन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा बेनी नगरपालिका–९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...