धवलागिरी मावि मुुनाका शिक्षक र विद्यार्थी स्थानीय खाद्य परिकारका खाजा बनाएर खान्छन्

Gandaki Pardesh notice

मुुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् ।

स्वास्थ्य, सरसफाई, स्थानीय खाद्यान्नको प्रर्वद्धन गर्न आयात गरिएको तयारी (जंक फुड)लाई प्रतिबन्ध लगाइएको हो । विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरक फरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेको बताउनुभयो ।

“जंकफुड प्याकिङ गर्ने पलास्टिकले विद्यालय परिसर फोहोर र विद्यार्थीको स्वास्थ्यमा असर परेको थियो,” उहाँले भन्नुभयो “अभिभावक भेलाबाट आइतबार देखि बिहिबारसम्म खाने खाजाको तालिकानै बनाएका छौ । खर्चको पनि बचत भएको छ ।”

Shreekrishna hardwear in news

आइतबार तरकारी रोटी, सोमबार जाउलो, मंगलबार आलु परठा, बुधबार तरकारी अण्डा र बिहिबार चिया रोटी खाजा खाने तालिका बनाइएको छ । विद्यालयको चमेनगृहले तालिका अनुसार खाजा बनाएर वितरण गर्छ ।

Bhautik ministry notice about road

सरकारले प्रति विद्यार्थी रु. १५ का दरले दिने अनुदान रकमभित्रै खाजा उपलब्ध गराएपछि सहज भएको अभिभावकहरुले बताएका छन् । शिक्षकहरुले पनि मकै, भटमास, कोदो, गहुँको पिठोको रोटी, आलुको परिकार बनाएर खाजा खाने गरेका छन् । शिक्षक विद्यार्थी कसैले पनि किनेर खाजा खादैनन् ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा ११२ जना विद्यार्थी छन् । शैक्षिक सत्र २०७९ देखि कक्षा ९ को पठनपाठन शुरु गरेको विद्यालयको कक्षा ६ देखि १० सम्म निजी स्रोतमा सञ्चालन भएको हो ।

तीन जना निजी स्रोतका लागि समुदाय स्तरबाट मासिक रु. साठी हजार जुटाएर तलबभत्ता खुवाउने गरिएको प्रअ सुवेदीले बताउनुभयो । प्रा.वि. तहका पाँच जना शिक्षक, एक जना सहयोगी र बालशिक्षा सहयोगी कार्यकर्ता दरबन्दीका हुन् । गाउँपालिकाले शिक्षण सहायता अनुदानबाट तीन जना शिक्षक उपलब्ध गराएको छ ।

कक्षा ५ लाई प्रबिधिमैत्री बनाउने, गणित र विज्ञान विषयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको विद्यालयले कक्षा १० का १८ जना विद्यार्थीलाई एसइई परिक्षाका लागि छात्रावासमा राखेको छ । विद्यालय परिसरमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...