जलजलामा एक घर एक पीसीआर परीक्षण

Gandaki Pardesh notice

गाउँपालिका, शाखा र वडा कार्यालय बुधबारदेखि सञ्चालन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गर्ने घोषणा गरेको हो । पालिकाभित्रका सबैलाई सो सुविधा लिन गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले अपिल गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभएको छ ।

मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको छ । हरेक घरमा एक जनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यसैबीच तत्काल पाँच शैयाको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । गत असोज २८ गतेदेखि बन्द भएको गाउँपालिका, शाखा र वडा कार्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् ।

गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका, शाखा र वडा कार्यालय बन्द गरिएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माद्धारा जारी सूचनामा उल्लेख छ । अध्यक्ष मल्ल कोरोना जितेर दशै अघि घर फर्कनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...