बाग्लुङका पूर्वाधार आयोजना निर्माण लयमा फर्कन थाल्यो

Gandaki Pardesh notice

बाग्लुङ, । गण्डकी प्रदेश सरकारले बाग्लुङ जिल्लामा सञ्चालन गरेका पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरु लयमा फर्किएका छन् ।

प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास कार्यालय बाग्लुङले नयाँ आयोजना कार्यान्वयनलाई तिब्रता दिनुका साथै यसअघि ठेक्का सम्झौता भएका आयोजनालाई गति दिने कामलाई समानान्तरण हिसाबले अघि बढाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर दिनेश कुमार घिमिरेले पुराना समस्याग्रस्त आयोजनाका सबैजसो निर्माण कम्पनीलाई काममा फर्काएको र नयाँ आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीया अघि बढाएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पुराना बहुबर्षीय छ वटा सडक आयोजनाका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन,” उहाँले भन्नुभयो “यस वर्षका सालबसाली नयाँ आयोजनालाई पनि ठेक्का प्रक्रीयामा लगेका छौ । ३० लाख देखि दुई करोड सम्मका आधा बढी योजनाको ठेक्का सम्झौता भएको छ ।”

चालु आर्थिक वर्षमा रु. ८८ करोड बजेट बिनियोजन भएको कार्यालयले नयाँ र पुराना गरि १६५ वटा योजना कार्यान्वयन गर्दैछ । चालु आर्थिक वर्षमै कार्यान्वयन गर्नुपर्ने दुई वटा सडक र दुई वटा सडक पुलको विस्तृत आयोजना प्रतिवेदनको चरणमा रहेका छन् ।

बहुबर्षीय सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजना पछिल्लो दुई वर्षयता सुस्ताएका थिए । सुस्ताएका र अलपत्र बनेका सडक आयोजनाका निर्माण कम्पनीहरुलाई ताकेता गरेर काममा फर्काएको सिनियर डिभिजनल ईञ्जिनियर घिमिरेले बताउनुभयो ।

धरौटी जफत गर्ने, ठेक्का सम्झौता रद्द गर्ने र कालोसूचिमा राख्न सिफारिस गर्ने तयारी गरेपछि निर्माण कम्पनीहरु काममा फर्र्किएका उहाँले बताउनुभयो । कार्यालयले समस्याग्रस्तको सूचिमा राखेको ६ वटा सडक आयोजनाको काम लयमा फर्कन थालेको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली र सचिव शंकर पण्डितले स्थलगत निरिक्षण र सहजिकरण गर्नुभएको थियो । जिल्लाका तिनै तहका जनप्रतिनिधिहरुले दवाव दिएका थिए ।

बाग्लुङ (ख) २ को दुवाडी–गाडीखोला–चामद्धिार–छयान्तुङ–म्याग्दी ढोरपाटन १० किलोमिटर सडक कालोपत्र गर्न प्राईम कोड बिछ्याउने काम भैरहेको छ । १५ प्रतिशत काम बाँकी रहेको यो सडक निर्माण चालु आर्थिक वर्षभित्रमै सम्पन्न हुदैछ् ।

Bhautik ministry notice about road

बाग्लुङ (१) क को बानपा–४ फेदी मालिका कालिमाटि भिमपोखरा धम्जा तङग्राम पिङ लेखानी तित्याङ भकुण्डे भैरमस्थान सडकको १४ किलोमिटर खण्डमा पनि कालोपत्रको तयारी भएको छ । धार्मिक पर्यटकीय स्थल पञ्चकोट क्षेत्रमा कालोपत्र गर्न लागिएको हो ।

खरीखोला सर्पान्दी हुदै ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किलोमिटर सडक पनि कालोपत्रको सम्पन्न हुने चरणमा छ । पाँच किलोमिटर कालोपत्र भइसकेको यो सडकको बाँकी यस वर्ष सम्पन्न गराउन ठेकेदारले तयारी थालेको छ ।

गलकोट –हरिचौर –हिल –तारा –रुम म्याग्दी सडकको १० किलोमिटर खण्डका ठेकेदार पनि सम्पर्कमा आएका छन् । कुश्मिशेरा राङखानी नाम्दुक बरेङ शान्तिपुर सडकको दोस्रो खण्डको ठेकेदारले प्राइम कोड हाल्न थालेका छन् ।

यो सडकको पहिलो खण्डको ठेकेदार क्याराभान सम्पर्कमा आएपनि पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा २ वटा मोटरेबल र २ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा छन ।

दुई वटा सडक र दुई वटा मोटरेबल पुलको बहुबर्षीय ठेक्का लगाउन भौतिक मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चीतता र स्विकृति गरेको छ । पुराना बहुबर्षीय योजनाहरुलाई यस वर्ष सम्पन्न गराउन थप रु. २१ करोड बजेट मागेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मन्त्रालयले रकमान्तरण गरेर भएपनि निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीको व्यवस्था मिलाउन तयारी गरेको जनाएको छ । भौगोलिक रुपमा ठूलो बाग्लुङ जिल्लाको छेउमा रहेको सदरमुकामको कार्यालयमा दरबन्दि अनुसारका जनशक्तिको अभाव चुनौतिको रुपमा रहेको छ ।

एक जना सिनियर डिभिजनल ईञ्जिनियर सहित १९ जनाको दरबन्दि रहेको कार्यालयमा चार जना ईञ्जिनियर र ४ जना सव ईञ्जिनियरको दरबन्दि रिक्त छ । मन्त्रालयले हालै एक जना ईञ्जिनियर पठाएको छ । ल्याबका जनशक्ति छैनन् ।

दरबन्दी अनुसारका जनशक्ति भएमा आयोजनाको व्यवस्थापन र गुणस्तरमा सहज हुने कार्यालय प्रमुख घिमिरेको भनाई छ । बाग्लुङको केही भूगोल ढोरपाटन शिकार आरक्षमा पर्ने भएकाले त्यस क्षेत्रमा आयोजना सञ्चालन गर्नका लागि पनि वन सम्बन्धी कानुनी व्यवस्थाले चुनौति थपेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...