गोटाखोर टोलीले मोटर साईकल सहित कालीगण्डकीमा वेपत्ता युवाको शव भेटायो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नं.–२ भुरुङ्ग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तिको बिहिबार नैनिबगर स्थित कालिगण्डकी नदीको खोचमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शशसत्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोटाखोर र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा घर्तिको शव फेला पारेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पुष २ गते राती नौ बजे ग २२ प ११३० नम्बरको मोटरसाइकलमा चढेर भुरुङ्ग तातोपानीबाट पोखरेबगर तर्फ हिडेका सुजन सम्पर्क बिहिन भएपछि आफन्त, छिमेकी र प्रहरीको टोलीले खोजी गरेको थियो ।

सडक मुनी कालिगण्डकी किनारमा सुजनले लगाएको हेल्मेट भेटिएपछि नदी किनारमा खोजी केन्द्रित गरिएको थियो । सुजन चढेको मोटरसाइकल भने भेटिएको छ । बेनी जोमसोम–सडकअन्र्तगत गत कात्तिकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा मोटरसाइकल सहित खसेका एक जना पर्यटकको ज्यान गएको थियो ।

यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीबाट पुष ३ गते रातीदेखि हराएकी ७६ वर्षीया मनकुमारी पुनको बिहिबार शव भेटिएको छ । सोही वडाको खोर्वाङ स्थित म्याग्दी नदीको खोचमा पुनको शव भेटिएको प्रहरी निरीक्षक अशोक कुमार झाले बताउनुभयो ।

मृतक दुवै जनाको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक झाले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...