म्याग्दीमा बिद्युत महशुल नतिर्ने १७७ ग्राहकको लाइन काटियो

Gandaki Pardesh notice

बेनी, । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महशुल नतिर्ने १७७ ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणको देशब्यापी बक्यौता असुली अभियानअन्र्तगत साउन महिना यता म्याग्दीमा सो संख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाईन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु. १८ लाख १२ हजार ४५०.४६ बक्यौता असुल गरिएको जानकारी दिनुभयो ।

१७७ जना ग्राहकबाट रु. २२ लाख दुई हजार १९६ महशुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु. एक लाख ४९ हजार ४४९.९६ जडान शूल्क उठेको छ । केन्द्र अन्र्तगतका ग्राहकबाट रु. एकासी लाख सतासी हजार ९२९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी बिजुली चोरी गरेका चार जना ग्राहकबाट रु. एक लाख ३५ हजार १५६.५४ रकम असुल भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तरगत हाल २२ हजार १३० जना ग्राहक छन् ।

विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...