लुलाङमा बेवारिसे अवस्थामा भेटिएकी किशोरीको उद्दार

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ ।

पाँच महिनादेखि सम्पर्कबिहिन रहेकी मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ति गिरीलाई स्थानीय युवा क्लवले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् ।
गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देविस्थान घरिथोकको सुर्यमुखी युवा क्लव र धवलागिरी गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लवको टोलीले उद्धार गरेको हो ।

Bhautik ministry notice about road

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण बिरत्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको सुर्यमुखी युवा क्लवका सचिव दिल रानाले बताउनुभयो ।

Shreekrishna hardwear in news

सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लवका लेखबहादुर पुन लगायतको टोली लुलाङ पुगेका थिए । लुलाङका युवा रेशमबहादुर बिक, वडा अध्यक्ष गमप्रसाद बिक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतिको उद्दारमा सहजिकरण र समन्वय गर्नुभएको थियो ।

जयन्तिलाई बुवा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाएका हुन् । जयन्तिको पढाईमा क्लवले सघाउन जनाएपछि अभिभावकले पढाउने प्रतिवद्धता जनाएका छन् । जयन्तिले ताकम, मुना र लुलाङमा मागेर खाने र बस्ने गरेकी थिइन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...