थकाली समुदाय संस्कार र संस्कृति संरक्षणमा अग्रसर

Gandaki Pardesh notice

बेनी, । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कार पुस्तान्तरण र संरक्षण गर्न अग्रसर भएका छन् ।

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा मंसिर १६ गतेदेखि बेनीमा शुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । खिमीच्युव थकाली समुदायको बिवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने गित हो । थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष योगेन्द्रमान भट्टचनले संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

“थकाली समुदायको बिवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पुर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,” उहाँले भन्नुभयो “गित गाउन जानेकाहरुको मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सिप नहुँदा संस्कारनै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिम मार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौ ।”

Shreekrishna hardwear in news

भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गितको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिनुभएको थियो । खिमीच्हुवमा गाईने गितको एउटा टुक्का “ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ” को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नु हुने माइती भन्ने हुन्छ ।
मगनी भएपछि माइतीको घरमा जाँदा केटा पक्षले माइतिको सम्मान हुने शब्दहरु समेटिएको खिमीच्हुव गाउने चलन छ । तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का “च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल”को अर्थ आइपुग्नु भयो तोरन्ल चाड, आइपुग्नु भयो तोरन्ह चाड भन्ने हुन्छ ।

Bhautik ministry notice about road

नेपालमा पछिल्लो जनगणना अनुसार कुल १३ हजार जनाको हाराहारीमा जनसंख्या रहेको थकालीलाई सरकारले अल्पसंख्यक जातीमा सूचिकृत गरेको छ । थकालीहरुको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भएपनि ‘खिमीच्हुव र क्होई’ गाउन सक्ने भएको बताउनुभयो ।

“संस्कार र संस्कृति जोगाएर लोप हुन दिदैनौ,” उहाँले भन्नुभयो “मुस्किल भएपनि हाम्रो मौलिक सम्पत्तीलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ ।” नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’ र ‘क्होई’ का शब्द संकलन गरेर थकाली र नेपाली भाषामा लिपीबद्ध गर्नुभएको छ ।

थकाली सेवा समिति नेपालका पुर्व अध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरषणका लागि रु. तीस लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौमा भाषा तथा संस्कार सम्बन्धी तालिम आयोजना गरिएको थियो ।

थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनको अध्यक्षता र सचिव योगेन्द्रमान शेरचनको सञ्चालनमा सम्पन्न तालिम समापन कार्यक्रममा सहभागि गोपाल भट्टचन लगायतको टोलीले ‘खिमीच्हुव’ र ‘क्होई’ प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...