रघुगंगा माविले लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जित्यो

Gandaki Pardesh notice

झिँ, पिल्लेको रघुगंगा माविले रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।

झिँमा मंगलबार सम्पन्न प्रतियोगितामा बाह् वटा स्वर्ण र ४ वटा कास्य पदक सहित रघुगंगा माविले लगातार चौथो पटक उपाधी जितेको हो । रघुगंगा गाउँपालिकाको वडा नम्बर–३ मा रहेको रघुगंगा मा.वि.ले गत वर्ष लगातार तेस्रो पटक प्रतियोगिता जितेर रनिङ्ग शिल्डलाई आफ्नो बनाएको थियो ।

यसैगरी ७ वटा स्वर्ण, ४÷४ वटा रजत र कास्य पदक जितेको रघुगंगा गाउँपालिका–२ मा रहेको मुक्तिधाम मावि उपबिजेता बनेको छ । तीन वटा स्वर्ण, पाँच÷पाँच वटा रजत र कास्य पदक जितेको वडा नम्बर – ६ पाखापानीको अमर मावि तृतीय भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा एघार वटा विद्यालय सहभागि भएका थिए । एथलेटिक्स र भलिबल बिधाका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । विजेतालाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. पचास हजार प्रदान गरिएको छ ।

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद रु. तीस हजार र रु. २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

छ वटा स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । धवलागिरी गाउँपालिकामा सोमबारदेखि शुरु भएको प्रतियोगिता बुधबार सकिदैछ ।

मलिका, मंगला र अन्नपूर्ण गाउँपालिकाले प्रतियोगिता सञ्चालनको तयारी गरेका छन् । पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्ला हुदै प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनेछन् । पालिका स्तरीय प्रतियोगिता सकिएपछि जिल्ला स्तरीय छनौट खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...