जलजलालाई प्याजमा आत्मनिर्भर बनाउने प्रयास

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले प्याजमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ ।

घरायसी उपभोगका लागि प्याज आयात र खरिद गर्नु नपर्ने बनाउन बिरुवा उत्पादन गरेर वितरण गर्न थालेको हो । ३ हजार ५ सय घरधुरी कृषकलाई अठार लाख प्याजका बेर्ना वितरण गर्ने थालिएको जलजला गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताउनुभयो ।

सामाजिक विकास कार्यक्रम अन्तरगत गठन भएका टोल विकास संस्थाले नर्सरी स्थापना गरेर प्याजका बिरुवा उत्पादन गरेका छन् । गाउँपालिकाले बिउ खरिद गरेर ११४ वटा संस्थालाई उपलब्ध गराएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रति परिवार पाँच सय देखि १२ सय वटा सम्म बिरुवा वितरण गरिएको छ । टोल टोलमा कृषकहरुलाई प्याज खेती सम्बन्धी प्राविधिक ज्ञान सिप पनि प्रदान गरिएको छ । प्याज नेपालीहरुको भान्सामा सबैभन्दा धेरै प्रयोग हुने तरकारीको परिकार हो ।

भारत सरकारले हालै नेपाल लगायत देशमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएको छ । भारतबाट आयात नभएको र नेपालको उत्पादन कम हुँदा प्याजको अभाव सँगै मुल्य आकाशिएको छ ।

घरायसी उपभोगका लागि आवश्यक पर्ने प्याज खरिद गर्नुपर्ने अवस्था हटाउन प्याजमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“जलजलाबासीले घरमा आवश्यक पर्ने तरकारी बजारबाट नकिनुन् भन्ने उद्देश्य हो,” उहाँले भन्नुभयो “करेसाबारीमा तरकारी उत्पादन गर्दा स्वस्थ्य उपभोग गर्न पाइने, खरिद गर्नु नपर्ने र आयात प्रतिस्थापनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...