बैङ्कीङ कसुरमा अदालतबाट दोषी ठहर भएका बरंजाका गंगाबहादुर रोका पक्राउ

Gandaki Ghumau

रोकालाई ४६ लाख जरिवाना तोकिएको थियो

बेनी, रु. छयालीस लाख भन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी जिल्ला अदालतबाट ६ दिन कैद र रु. छयालीस लाख सत्र हजार एक सय जरिवाना तोकिएका मंगला गाउँपालिका–४ (साविक बरंजा गा.वि.स) – ८ का ४३ वर्षीय गंगाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

विदेश नपठाएको र संकलन गरेको रकम फिर्ता नगरेपछि ९ जना पिडितहरुले रोकाको विरुद्ध बैङ्कीङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट रु. २ लाख देखि रु. दश लाख सम्म ठगी गरेको अदालतले ठहर गरेको छ ।

प्रहरी नीरीक्षक अशोक कुमार झाका अनुसार सोमबार बरंजाबाट पक्राउ परेका रोकालाई मंगलबार नीज उपर लागेको दण्ड जरिवाना असुल उपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ ।

विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पिडितहरुलाई चेक दिएका थिए । चेक नसाटिएपछि बैकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् । बैकिङ कसुरमा म्याग्दीमा पक्राउ परेका मध्य रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...