मौवाफाँटका गोपाल दर्जी गाँजा सहित काभ्रेमा पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेबाट लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

बेनी–जोमसोम सडक अन्तरगत पर्ने काभ्रेमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटका ४६ वर्षीय गोपाल दर्जीलाई १.४५० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

कार्यालयका सूचना अधिकारी अशोक कुमार झाका अनुसार शंकास्पद अवस्थामा भेटिएका दर्जीलाई तलासी लिने क्रममा चामलको खाली बोरा भित्र लुकाएर राखेको गाँजा सहित पुष १ गते दिउँसो १ जबे पक्राउ गरिएको हो ।

Shreekrishna hardwear in news

दर्जीलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानका लागि हिरासतमा राख्न सोमबार पाँच दिनको म्याद थप गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...