झिँमा रघुगंगाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Add Samajik bikash office

झिँ, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
????????????????????????????????????
Bhautik ministry notice about road

भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गरेर खेलकुद मार्फत अगाडी बढाउन यस्ता प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले बेनी–पात्लेखेत–झिँ हुँदै पाखापानी जोड्ने सडक कालोपत्रे गर्नका लागि बहुबर्षिय ठेक्का लगाउने तयारी गरेको समेत जानकारी दिनुभयो ।

????????????????????????????????????

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालय, खेलमैदान लगायतका समस्याहरुलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रतियोगितामा सहभागी विद्यार्थीहरुले जित हारको रुपमा नभएर सिकाई र उपलब्धीका रुपमा आफुलाई सहभागी गराउन आग्रह गर्नुभयो । उहाँले सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासीत र मर्यादित भएर खेल खेल्न समेत आग्रह गर्नुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...