धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Gandaki Pardesh notice

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

शिवाङमा रहेको हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो ।

एथलेटिक्स र भलिबल बिधाका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराईने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित रु. साठी हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । दृतीयले रु. चालीस हजार र तृतीयले रु. तीस हजार पुरस्कार प्राप्त गर्ने गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

छात्र र छात्रा भलिबलमा बिजयी हुनेलाई रु. पाँच÷पाँच हजार र मार्च पासमा उत्कृष्ट हुनेलाई रु. दश हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

Bhautik ministry notice about road

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो ।

स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता, स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालको सञ्चालन र कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले समापन गर्नुभएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, हेम माविमा प्रअ सेरबहादुर केसी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । हेम नमुना आवासीय माविका महिला शिक्षकहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । पहिलो दिन पन्ध्र सय मिटर र चार सय मिटर दौड सम्पन्न भएको छ । छात्र–छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...