लिटल गार्डेनको २० औ वार्षिकोत्सव

Gandaki Ghumau

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले आइतबार विविध कार्यक्रम गरेर २० औ स्थापना दिवस मनाएको छ ।

वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले साताब्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता र प्राज्ञिक निर्देशक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

Gunasthariya Shiksya
Shreekrishna

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लीलाराम गौतम, प्याब्सनका अध्यक्ष हिराबहादुर पुन, माउन्ट एभरेष्ट आवासीय माविका प्रिन्सीपल राजु केसी, अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा, अभिभावक कमल ढुङ्गाना लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिउको थियो । कक्षा दश सम्मको पठनपाठन हुने लिटल गार्डेन एकेडेमीले केही वर्षयताको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउदै आएको छ । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...