पाखापानीको कालाबाङ्गमा केन्द्रीय लाइनको बिद्युतिकरण

khali

म्याग्दी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ ।

नेपालीहरुको मुख्य पर्व दशैको अवसरमा गाउँमा बिद्युतिकरण भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । नेपाल बिद्युत प्राधिकरण बेनी बितरण केन्द्रले पाखापाखानीको कमथान देखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीमा बिद्युतिकरण गरेको हो ।

पाँच वटा बस्तीका ५० घरमा बिद्युतिकरण भएपछि खुसीयाली छाएको स्थानीयबासी भेषकुमार शेरपुञ्जालीले जानकारी दिनुभयो । यसअघि उज्यालोका लागि लघुजलबिद्युत परियोजनाको बिजुली, सोलार र टुकिमा निर्भर थिए ।

Shreekrishna hardwear in news

केन्द्रीय प्रशारण लाइनको बिद्युत सुबिधा भएपछि उज्यालोका साथै टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, मोवाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग ब्यवसाय सञ्चालन गर्न सहज हुने शेरपुञ्जाले बताउनुभयो ।

यसैगरी रघुगंगा गाउँपालिकाले वडा न. ६ को भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रायखोर, मुलपानी र उल्लेरीमा बिद्युतिकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरेको छ ।

khali

सिम्रिक एयरको हेलिकप्टरबाट बेनी देखि रायखोर र मुलपानीमा गत बिहिबार ट्रान्सफर्मर ढुवानी गरेको हो । सडक सुबिधा नभएकाले हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

‘‘बिद्युत प्राधिकरणले सडक पुग्ने ठाउँसम्मका लागि मात्र ढुवानी गर्नेगरि ठेक्का लगाएको रहेछ,’’ उहाले भन्नुभयो ‘‘वायरिङ भैसकेकको घरमा ट्रान्सफर्मर नभएर बिजुली नबलने देखिएपछि पालिकाले खर्च ब्यहोरेर ढुवानी गरेको हो ।’’

७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । ट्रान्सफर्मर ढुवानी गर्न बेनीबाट दुई पटक उडान भएको थियो ।

रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ । त्यहाँ लद्युजलबिद्युत परियोजनाको सुबिधा पनि छैन् । उज्यालोका लागि सोलार र टुकीमा निर्भर छन् । नेपाल बिद्युत प्राधिकरणले पाखापानीको कोटगाउँ देखि रायखोर उल्लेरी हुदै मुलपानी सम्म केन्द्रीय प्रशारण लाइनको पोल गाडेर तार तान्ने काम सकेको छ ।

ट्रान्सफर्मर चार्ज गरेपछि बिद्युत आपुर्ति गराइने प्राधिकरणको बेनी बितरण केन्द्रले जनाएको छ । संघ र प्रदेश सरकारको योजना अनुसार पाखापानीकै ठाडाखानीमा पनि केन्द्रीय लाइनको बिद्युत बिस्तारको तयारी भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...