अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थाल्यो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु योजना सम्झौताका लागि वडामा पुगेका हुन् ।

वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर गर्बुजाले बताए । ‘हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो,’ उनले भने ‘वडामै योजना सम्झौता गर्न पाउँदा गाउँगाउँमा सिंहदरबार आएको महशसु भयो ।’

योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च ब्यक्तिगत रुपमा ब्यहोर्नु पर्छ । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झञ्जट हुन्थ्यो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, बरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली योजना सम्झौता शिविर लिएर आइतबार वडा न. ८ राम्चे पुगेको छ ।

Bhautik ministry notice about road

राम्चेमा चालु आर्थिक वर्षमा दश वटा योजना छन् । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सोमबारसम्म वडा कार्यालयमै बसेर सबै योजनाको सम्झौता गरिने बताए । ‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधीकारीहरुलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौ,’ उनले भने ‘योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापन सम्बन्धि तालिम पनि दिएका छौ ।’

वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले योजना सम्झौताका लागि सहजिकरण गरेका छन् । विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधीकारीहरुलाई सहज भएको वडा अध्यक्ष गर्बुजाले बताए । अन्नपूर्ण गाउँपालिकामा आठ वटा वडा छन् ।

आठ वटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय पचास वटा योजना कार्यान्वयन गर्दैछ् ।

तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौत ागर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ । बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्युनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...