बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन

Gandaki Pardesh notice

 बेनी, बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको थियो । नगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकार समेतको साझेदारीमा छनौट भएका ठूला योजनाहरुको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र गौरवका योजनाको रुपमा छनौट भएका सबै योजनाहरुलाई ठेक्का मार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चार वटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीन वटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेण्ट सव–इन्जिनीयर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्रे गर्ने योजनाको काम अघि बढेको छ । रु ३२ लाख ९० हजार बजेट विनियोजन भएको यस योजना रु २५ लाख ६८ हजार मा श्रमजिवि निर्माण सेवासंग ठेक्का सम्झौता भएको छ । सम्झौता बमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रेको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा रु २ करोड बजेट विनियोजन भएको छ । यस अघि नगरपालिका र प्रदेश सरकार मार्फत सडक ढलान र कालोपत्रे गरि स्तरोन्नती गरिएको ठाउँबाट योजनालाई अघि बढाईने भएको छ । श्रमजिबि निर्माण सेवासंग रु १ करोड ३४ लाख ६७ हजार मा ठेक्का सम्झौता भएको यस योजनामा करिब १ किलोमिटर सडक कालोपत्रे र ढलान गरि स्तरोन्नती गरिने असिस्टेण्ट सब इन्जिनियर थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

पाँच मिटर फराकिलो बनाईने यस सडकमा नाली र पर्खाल समेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्रे र ढलान गरि स्तरोन्नती गर्न ठेक्का लगाएको छ । रु ८३ लाख ५० हजार बजेट विनियोजन भएको यस सडकखण्डको करिब ४ सय मिटर सडक कालोपत्रे र ढलान सहित स्तरोन्नती गर्न श्रमजिबि निर्माण सेवासंग रु ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।
नगरपालिकाले बेनीदेखि वडा नम्बर ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरि अघिल्ला बर्षहरुमा समेत कालोपत्रे र ढलान गरी सडक स्तरोन्नती गर्न सुरु भएको योजनालाई यस बर्ष समेत निरन्तरता दिएको छ ।

अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक स्तरोन्नतीको लागि रु ८० लाख बजेट विनियोजन भएकोमा रु ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्रे, ढलान, नाली र पर्खाल निर्माण लगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकलो जनाएको छ । यि चार वटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजिबि निर्माण सेवाले योजनाको सम्झौता लगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामाग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । ‘‘तातोपानीमा सडक कालोपत्रेको काम भैरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदै छ, निर्धारित समयमै निर्माण कार्यलाई सम्पन्न गर्ने गरि जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु’’–निर्माण व्यवसायी बानियाँले भन्नुभयो ।

तातोपानीको कालोपत्रे योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो । पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको सम्पुरक अनुदान, बेनी–पात्लेखेत सडकमा संघीय सरकारको सम्पुरक अनुदानको बजेटसंग नगरपालिकाले साझेदारी गरिएको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमुना विद्यालय भवनको लागि रु १ करोड बजेट विनियोजन भएको छ भने उक्त योजनबाट ४ कोठे भनव निर्माणको लागि ठेक्का सम्झौताको प्रकृयामा रहेको छ । बेनी नगरपालिकाले यसैबर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाको रुपमा अघि बढाएको छ । बेनी नगरपालिका–२ खवरामा खानेपानी विस्तारका लागि रु ४० लाख र वडा नम्बर ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाको लागि रु ९० लाख बजेट विनियोजन भएको छ । यि दुबै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभाबकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताउनुभयो ।

‘‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ, उपभोक्ता र निर्माण व्यवसायि मार्फत कार्यान्वयन हुने सबै योजनाको पटक पटक अनुगमन गर्छौ, योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छाँै’’–उपमेयर लामिछानेले भन्नुभयो । चालु आर्थिक बर्षमा खुलामञ्चको थप पूर्वाधार निर्माणमा नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाका मेयर सुरत केसीले सदरमुकाम देखि वडा कार्यालय र मुख्य बस्ती जोड्ने मुल सडकहरुलाई स्तरीय बनाउने र अधुरा योजनालाई पूर्णता दिने गरि छनौट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको बताउनुभयो ।

उहाँले साना योजनाहरुलाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्का मार्फत कार्यान्वयन गर्ने नगरको नीति अनुसार नै गौरवका योजनाहरुलाई ठेक्का मार्फत अघि बढाइएको छ । नगरपालिकाले रु १० लाख भन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गर्ने जनाएको छ । नगरपालिकाले पहिलो चौमासिकसम्म चालु तर्फ २४ दशमबल ०५ प्रतिशत र पूँजीगततर्फ ११ दशमलब ७६ प्रतिशत खर्च गरेको छ । पहिलो चौमासिकमा वडा स्तरमा विभिन्न २४ वटा योाजनाको निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९५ वटा योजना सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन भने अझै ११७ वटा योजना सम्झौता हुँन बाँकी रहेको छ । वडा स्तरीय योजनाहरुको सम्झौता र कार्यान्वयनको काम धमाधम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । 

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...