लिटल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

Gandaki Pardesh notice

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीको आयोजनामा बुुधबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

लिटिल गार्डेन एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि बिजयी भएको छ । प्रतियोगितामा लिटल गार्डेन एकेडेमी दोस्रो र पौलत्स्य माध्यामिक विद्यालय तेस्रो भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतियोगितामा विजेतालाई रनिङ ट्रफी, नगद ८ हजार, ६ हजार ३ हजार र प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । पहिलो र दोस्रो रनिङ शिल्ड आयोजक लिटल गार्डेनले जितेको थियो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा जिल्लाका ११ विद्यालयहरुको सहभागिता रहेको थियो । बार्षिकत्सवको अवसरमा स्वास्थ्य परीक्षण, अभिभावक खेलकुद, सदनस्तरीरको खेलकुदका साथै विभिन्न कार्यक्रमहरु भइरहेका छन ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...