थाकनपोखरीमा आमा समुहको सक्रियतामा मन्दिर निर्माण

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ ।

स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आमा समूह, वडा कार्यालयम, सामाजिक संघसंस्था, स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीका साथै आमा समुहले गाउँघरमा हुने विवाहमा स्वागत तथा विभिन्न धार्मिक गतिविधिमा संकलन भएको आर्थिकबाट निर्मित मन्दिरको सोमबार बालाचतुर्दशीका दिन विधिवत रुपमा गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुुभयो ।

Shreekrishna

मन्दिर निर्माणमा चन्दा संकलन ४ लाख ८२ हजार, वडा कार्यालय तथा अन्य सरकारी स्रोतबाट ७ लाख ८२ हजार २३ रुपैयाँ, थाकनपोखरी आमा समुहको कोषबाट ३ लाख ५ हजार २४ रुपैयाँ संकलन गरी मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका उपाध्यक्ष मुरारी रिजालले बताउनुुभयो । मन्दिरको निर्माणमा आमा समुहलाई स्थानीय यूवाहरूले समेत सहयोग गरेका थिए ।

Gunasthariya Shiksya

निर्माणधिन मन्दिरको सत्तल, ग्याविन सहितको संरचना गरी कुल ६ लाख बराबरको क्षती पुगेपछि केहीसमय काम रोकिएको थियो । मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद भण्डारीले धार्मिक क्षेत्रको संरक्षणमा महिलाहरूको योगदान रहेको बताउनुुभयो । उहाँले समाजमा सक्रिय महिला समुहको सक्रियतामा भएका धेरै योजनाहरू सफल भएको बताउनुुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष हरिप्रसाद पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष गिरिजानन्द पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुुभएको थियो ।

मन्दिर उद्घाटन कार्यक्रमको अध्यक्षता थाकनपोखरी आमा समुहकी अध्यक्ष होमकुमारी रेग्मी,स्वागत निर्माण समितिका उपाध्यक्ष मुरारी रिजाल र सञ्चाल सचिव देविकुमारी आचार्य रेग्मीले गर्नुुभएको थियो ।

बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिने मन्दिरमा सत्तल, शौचालय सहितको संरचनाका लागि समेत बजेट माग गरिएको छ । यसैबीच मन्दिर ब्यवस्थापन तथा थप भौतिक संरचनाका लागि भिमबहादुर खत्रीको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण रेग्मी, सचिव मुरारी रिजाल, कोषाध्यक्ष हुमकुमारी रेग्मी, सह–सचिव चण्डिका पौडेल लगायत १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...