रुमको खबाङमा चिर्पट प्रहार गरेर श्रीमतिको हत्या

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राती एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतिको हत्या गरेका छन् ।

घरायसी बिषयमा उत्पन्न बिवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमति ४४ वर्षीया रिमा दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

४२ वर्षीया ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरिक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मृतकको शव पोष्ट मार्टम (परिक्षण)का लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घरायसी बिवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतिलाई दाउराको चिर्पट प्रहार गरेको स्विकार गरेका छन् ।

स्थानीयले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि रातीनै प्रहरी टोली घटनास्थल पुगेको थियो । राती १०.३० बजे घटना भएको थियो । ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहनुभएका प्रहरी सहायक निरिक्षक पौडेलले बताउनुभयो ।

म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दाहरुमध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको प्रनाउ कुँवरले बताउनुभयो ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...