भगवतिको पदमार्ग निर्माण अभियानलाई मन्त्री र सांसदको साथ

Gandaki Pardesh notice

बेनी, २७ मङसिर । गण्डकी प्रदेश सरकारका मन्त्री, वाहालवाला र पुुर्व सांसदको टोलीले बुुधबार म्याग्दीको रघुुगंगा गाउँपालिका–२ मा पदमार्ग निर्माणका लागि श्रमदान गर्नुुभएको छ । नेकपा माओवादी केन्द्रको वडा कमिटिले सञ्चालन गरेको माझखर्क–कुुनौटाघाट जोड्ने पदमार्ग निर्माण अभियानमा दिनभर श्रमदान गरेका उनिहरुले नगद सहयोग पनि गरेका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्थामन्त्री रेशम बहादुुर जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, पुर्व प्रदेशसभा सदस्य विनोद केसी, माओवादीका प्रदेश सदस्य रिम केसी, बेनी नगर कमिटीका सचिव ज्ञानेन्द्र सुवेदी र जिल्ला सदस्य नरबहादुर भण्डारीले स्थानीयबासीसँगै करिब तीन घण्टा बालुुवा, गिट्टी, ढुुङगा ढुुवानी गर्ने, मसला बनाउने काम गर्नुुभएको थियो ।

Shreekrishna hardwear in news

गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुु¥याउने पदमार्ग जिर्ण बनेपछि ‘जनतासँग माओवादी अभियान’ अन्तरगत गत असोज महिनादेखि शुुरु भएको श्रमदान अभियानले निरन्तरता पाएको छ ।

माओवादीको जिल्ला समन्वय समिति म्याग्दीका संयोजक समेत रहेका मन्त्री जुुग्जालीले पार्टीको तर्फबाट माझखर्क–कुुनौटा पदमार्ग निर्माण अभियानको नेतृत्व गरेका माओवादीका वडा अध्यक्ष बालकृष्ण कटुुवाललाई दश हजार रुपैयाँ हस्तान्तरण गर्नुुभयो ।

त्यस्तै भगवतीका युवाहरुले सुरु गरेको रिसिनचौतारी हुदै सिरुबारी आर्यघाट जाने पदमार्ग निर्माण अभियानका सदस्य आकाश केसीलाई जूग्जालीले दश हजार रुपैयाँ उपलब्ध गराउनुुभयो ।

Bhautik ministry notice about road

‘राज्यको तर्फबाट गर्नुपर्ने काम समुदायको नेतृत्वमा श्रमदान र सहयोग जुटाएर गर्नुु प्रशसायोग्य छ,’ उहाँले भन्नुुभयो ‘पदमार्गलाई पूर्णता दिन प्रदेश सरकारबाट पनि सहयोग गर्छौ ।’ माझखर्क –कुुनौटा पदमार्ग निर्माण असोजको अन्तिम सातादेखि शुुरु भएको थियो ।

रिसिनचौतारी–सिरुवारी पदमार्ग निर्माणको काम मंगलबारबाट शुुरु भएको हो । पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन । प्रवासीले मन खोलेर सहयोग गरेको पदमार्ग निर्माणका नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुुभयो ।

उहाँले स्वदेश तथा विदेशमा रहेका राखु भगवतीबासी लगायतबाट १६ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको जानकारी दिनुुभयो । करिव एक किलोमिटर पाँच सय मिटर पदमार्ग बनिसकेको छ । बेनी– जोमसोम सडकमा पर्ने कुुनौटा देखि गिट्टी, बालुवा र सिमेन्ट ओसारेका छन् ।

दाताबाट प्राप्त भएको सहयोग रकमबाट ज्यामीलाई ज्याला दिने र निर्माण सामग्री खरिद गरिएको छ । पदमार्ग निर्माणमा खटिएका मजदुुरहरुलाई भगवतिका आमा समूूहहरुले आलोपालो गरेर खाजा खुवाउदै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...