अदिभारामा निर्माण हुुन लागेको सडक पुल लुुम्बिनीका प्रदेश प्रमुख शेरचनद्धारा शिलन्यास

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुुल निर्माण थालिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुुल बनाउन लागेको हो ।

सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुुलको आज लुुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले शिलन्यास गर्नुुभयो । हाल चितवन बसोबास गर्दै आउनुुभएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।

Shreekrishna

शिलन्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुुनै सम्झौता नगरी निर्धारित समयमै काम पूूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकहरुलाई निर्देशन दिनुुभयो । स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न अनुुरोध गर्नुुभयो ।

प्रदेश प्रमुुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताउनुुभयो । मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ ।

अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडक अन्तरर्गत पर्छ । यो पुुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका वासिन्दा लाभान्वित हुुनेछन् ।

पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर)सँग गत असोज अन्तिम साता रु. चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुु पौडेलले बताउनुुभयो ।

Gunasthariya Shiksya

पुुल निर्माणका लागि रु. पाँच करोड चार लाख ३७ हजार लागत अनुुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् ।

यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको बताउनुुभयो ।

मन्त्री जुुग्जालीका अनुुसार प्रदेश सरकारको लगानीमा अदिभारा देखि औला–डाडागाउँ–किटिनी–सोलेडाँडा–तमानखोला सडक स्तरोन्नतिको तयारी भएको छ । चालुु आर्थिक वर्षमा रु. २ करोड बजेट बिनियोजन भएको सो सडकका लागि रु. दश करोड बजेट बराबरको बहुुबर्षिय ठेक्का लगाउन छनौट भएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

अदिभारकाको पुुलको लागि आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. ५०÷५० लाख बिनियोजन भएको थियो । चालुु आर्थिक वर्ष २०८०÷०८१ मा रु. एक करोड ५० लाख बिनियोजन भएको छ ।

अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर –२, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

पुुल शिलन्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेशका पुुर्व कृषि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मन्त्री चन्द्र बहादुुर बुुढा (सागर), मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा नम्बर ४ का अध्यक्ष भिजेन्द्रमान पुुन, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका पालिका अध्यक्ष अनुुप गौचन, कार्यपालिका सदस्य देवी पटेल लगायतको उपस्थिति रहेको थियो ।

मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उदय बुुढाथोकीले स्वागत गर्नुुभएको कार्यक्रम सञ्चालन वडा नं. ३ का अगुुवा लालबहादुुर घतानेले गर्नुुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...