लुम्बिनीका प्रदेश प्रमुख शेरचनका दश भाईले जन्मथलोको विद्यालयलाई दश रोपनी जग्गा दान गर्नुभयो

Gandaki Pardesh notice

बेनी, ः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले मंगलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गर्नुभएको छ ।

शेरचनका दश जना दाजु भाईले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।

नेपाल सरकारको मापदण्ड अनुसार रु. ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निशूल्क उपलब्ध गराउनुभएका शेरचन परिवारले थप रु. तीन लाख ३५ हजार ७७७ राजस्व र रु. पाँच हजार लेखापढी व्यवसायीको शूल्क पनि आफैले ब्योहोर्नुभएको ओखरबोट माविका प्रअ नविन कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“मालपोत कार्यालय म्याग्दीबाट औपचारिक रुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ,” उहाँले भन्नुभयो “बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।”

Bhautik ministry notice about road

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताउनुभयो । विद्यालयका संस्थापक स्व. उमादेवी शेरचनका श्रीमान बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गर्नुभएको हो ।

जग्गा दान गर्नेहरुमा धनबहादुर÷उषा शेरचन, स्व. ताराकुमार शेरचनकी श्रीमति जयाकुमारी शेरचन, अमिक शेरचन÷शान्ति शेरचन, चित्रलाल शेरचन÷तेजकुमारी शेरचन, खगेन्द्र शेरचन÷मिना शेरचन, प्रान्ती शेरचन÷विश्वप्रभा शेरचन, काजु शेरचन÷धनकुमारी शेरचन, दिपेन्द्र शेरचन÷फुलमाया (घर्ति) शेरचन, नवरत्न शेरचन÷मिना शेरचन, गुप्तमा (दशरथ) शेरचन÷नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहनुभएको छ ।

वि.स. २००८ मा स्थापना भएको यस विद्यालयमा २११ जना विद्यार्थी छन् । कक्षा १० सम्मको पठनपाठन हुने गरेको छ । जग्गा दाता शेरचन परिवारको पुख्यौली थलो ओखरबोट हो । उहाँहरु हाल देशका विभिन्न ठाउँमा पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुुहन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...