प्रकाश माविमा रु. तीन लाखको अक्षयकोष स्थापना

Gandaki Pardesh notice

बेनी, । बेनीमा रहेको प्रकाश माविमा सोमबार रु. तीन लाखको अक्षयकोष स्थापना भएको छ ।
विद्यालयका वि.स. २०१२ का कोषाध्यक्ष, नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति गोपालनारायण भट्टचन र उहाँकी श्रीमति चन्द्रकुमारी भट्टचनले दिवंगत अभिभावकको स्मृतिमा कोष स्थापना गर्नुभएको हो ।

विद्यालयको सञ्चालक समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका स्व. बुवा तेजनारायण भट्टचनको स्मृतिमा रु. तीन लाखको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । भट्टचनले प्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई रकम हस्तान्तरण गर्नुभएको थियो । ९४ वर्षीय भट्टचन आफै उपस्थित भएर रकम हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

कोषको ब्याजबाट तहगत र विद्यालयमा सर्वोकृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने प्रअ लेखबहादुर हमालले बताउनुभयो । भट्टचन परिवार प्रकाश माविका साथै म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी सामुदायिक पुस्तकालय लगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासका योगदान गर्नुभएको छ ।

Shreekrishna hardwear in news

अक्षयकोष स्थापना कार्यक्रममा गण्डकी प्रदेशका न्याधिवक्ता चिरञ्जिवी पौडेल, बेनी नगरपालिकाका पुर्व प्रमुख हरिकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बिनय श्रेष्ठले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...