मिस्ट्रिखोलामा प्रभावित क्षेत्रका बासिन्दाको सत्र करोड लगानी जुट्यो

Gandaki Pardesh notice

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा रहेको मिस्ट्रिखोला जलबिद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले रु. सत्र करोड लगानी गरेका छन् ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरुका लागि भदौ २९ देखि असोज २९ गतेसम्म साधारण सेयर आव्हान गरिएको थियो ।

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको कम्पनीले जनाएको छ ।

Shreekrishna hardwear in news

कुल सत्र लाख कित्ता मध्य नारच्याङका बासिन्दालाई चालीस प्रतिशत र अन्य वडाका लागि साठी प्रतिशत छुट्टाइएको थियो । नारच्याङ बाहेकका वडाका बासिन्दाका लागि छुट्टाइएको सेयरमा मागेकै दश लाख कित्ताको हाराहारीमा आवेदन परेको थियो ।

नारच्याङका बासिन्दाका लागि निश्कासन गरिएको सात लाख तीन हजार ५१२ कित्तामा ७११ ज्नबाट आठ लाख दुई हजार ३८० कित्ता आवेदन परेको थियो । धितोपत्र निश्काषन तथा बाडफाँड निर्देशिका २०७४ मा भएको ब्यवस्था अनुसार ७११ जना आवेदकहरुलाई १० कित्ताका दरले ५० देखि तीन हजार ९४० कित्ता शेयर बाडफाड भएको छ ।

बाँकी हुन आएको १६२ कित्ता शेयरहरु चार हजार ९५० देखि सोह् हजार कित्ता आवेदन गर्ने आवेदकहरुलाई प्रति आवेदक ७ कित्ता थप गरिएको छ । नारच्याङका बासिन्दा समेत रहनुभएका जिल्ला समन्वय समिति, म्याग्दीका सदस्य मेखबहादुर गर्बुजाले मिस्ट्रिखोला जलबिद्युत आयोजनामा स्थानीयबासीले उत्साहजनक लगानी गरेका बताउनुभयो ।

Bhautik ministry notice about road

बिदेशबाट आएको रेमिटेन्स् र घरका पशुपंक्षी बेचेर समेत जलबिद्युत आयोजनामा लगानी गरेका उहाँले बताउनुभयो । छिट्टै प्रभावित क्षेत्र बाहिरका नागरिकहरुका लागि पनि साधारण सेयर आवेदन खुलाउने तयारी भएको माउन्टेन इनर्जी लिमिटेडका प्रतिनिधि चुडामणी निरौलाले बताउनुभयो ।

मिस्ट्रीखोलाको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै पावरहाउसमा जडान भएका उपकरणको परिक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताउनुभयो ।

सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । बाँधमा पानी थुनेर परिक्षण भइसकेको छ ।

११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान भएको छ ।

पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा मिस्ट्रिखोलाको निर्माण प्रभावित भएको हो ।
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...