मन्त्री जुग्जाली जनभेटघाटका लागि रुममा

Gandaki Pardesh notice

बेनी, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले आइतबार म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जनभेटघाट गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति म्याग्दीका संयोजक समेत रहनुभएका जुग्जाली, माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रप्रसाद बुढा, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचनको टोलीले मालिकाको वडा नम्बर २ को विभिन्न टोलमा जनभेटघाट गर्नुभएको हो ।

Bhautik ministry notice about road

नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी अभियान अन्तरगत उहाँहरुको टोलीले स्थानीय बासी, नेता कार्यकर्ता, अन्य दलका नेता, जनप्रतिनिधि र अगुवाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...