गलेश्वरमा वालाचर्तुदशी मेलाको तयारी पुरा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ ।

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पर्वको अवसरमा हुने शतबीज छर्ने मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मूल र अन्य उपसमिति गठन गरिएको हो । यस वर्षको बालाचतुर्दशी मङ्सिर २५ गते सोमबार परेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘‘भक्तजनले छिटो र सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाएका छौँ,’’ अध्यक्ष रेग्मीले भन्नुभयो ,‘‘शतबीज छर्न धेरै ठाउँबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संस्थासँग समन्वय गरेका छौँ ।’’

यस पटक करिब ५० हजार भक्तजन आउने कोषको अनुमान छ । खेतीबाली भित्र्याउने र लगाउने काम सकिएको, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ ।

बालाचतुर्दशी पर्वमा शतबीज छर्न, कालीगण्डकी स्नान र पूजाआजाका लागि गलेश्वरमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...