गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

Gandaki Pardesh notice

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ ।

७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय परिसरमा राखिएको हो । वि.स. २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको दोहोरो भिडन्तका क्रममा गोली लागेर छिया छिया भएको बिजुलीको पोल गत बिहिबार काठमाडौबाट बेनी ल्याइएको थियो ।

मदन पुरस्कार संस्थाले वि.स. २०६५ मा ललितपुरको पाटनढोकामा रहेको यलमाया केन्द्रमा लगेर राखेको पोल जिल्लाका सरोकारवालाहरुको पहलमा फिर्ता ल्याइएको हो । राजनीतिक परिवर्तनको ईतिहाससँग जोडिएको पोललाई संरक्षण र जिल्लामा भित्र्ने पाहुनाहरुलाई त्यस समयको जानकारी दिलाउने उद्देश्यले पोललाई काठमाडौबाट ल्याएर व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अर्को ठाउँको व्यवस्था नहुँदा सम्मका लागि नगर पालिका कार्यालय परिसरमा पोललाई ठडाएर राखिने र नयाँ पार्क बनाएर पोललाई त्यहाँ राख्ने योजना रहेको नगरप्रमुख केसीले बताउनुभयो । नगरपालिकाले बेनी आउने पाहुनाको बसाई लम्बाउन, बजारबासीलाई खुल्ला प्राकृतिक ठाउँमा रमाउने वातावरण बनाउन र बेनीको सौन्दर्यकरणका लागि शान्ति बाटिका बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका सभापति अमर बानियाले गोली लागेर छियाछिया भएको पोल र बेनी आक्रमणको समयमा नेपाली सेनाले प्रयोग गरेको बंकरलाई पनि संरक्षण गर्न सुझाव दिनुभयो । मानव अधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलले युद्धको साक्षी बनेको पोल भावी पुस्ताका लागि इतिहाँस हुने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...