वेष्ट पोइन्ट २१ औ जेसीजकपको च्याम्पीयन बन्यो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार दिउँसो भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई पेनाल्टी सुटआउटमा छ का विरुद्ध सात गोलले पराजित गर्दै वेष्ट पोइन्टले जेसीजकपको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

बिजेता, उपबिजेता र विभिन्न बिधामा उत्कृट खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, म्याग्दी जेसीजका अध्यक्ष सुमन बानिया लगायतले पुरस्कार वितरण गर्नुभयो ।

Shreekrishna hardwear in news

बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसीजका महासचिव कुमार बानियाले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

वेष्ट पोइन्टले यसपाली सहित छैटो पटक जेसीजकपको उपाधी जितेको हो । माउन्टले चार पटक जेसीजकप जितेको थियो । न्यु वेष्ट पोइन्टका पवन खत्री उत्कृष्ट खेलाडी, सिद्धार्थ पाईजा उत्कृष्ट गोलरक्षक र दिपेन राईले उत्कृष्ट प्रशिक्षकको उपाधी पाउँदा समन थापा सर्वाधिक गोलकर्ता बन्नुभयो । थापाले प्रतियोगिता अवधिभर ९ गोल गर्नुभयो ।

माउन्टका शुशिल पुन राइजिङ प्लेयर, सनम बिक उत्कृष्ट स्ट्राइकर, बेनी बोर्डिङका अनिश भण्डारी उत्कृष्ट मिडफिल्डर र वेनी सामुदायिक माविका अविनास बोहोराले उत्कृष्ट डिफेण्डरको उपाधी पाउनुभयो । अनुशासित टिमको उपाधी सहित हेम नमुना आवसीय मावि शिवाङले नगद रु. पाँच हजार पुरस्कार पाय।

डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिएको छ । सेमिफाइनलबाट बाहिरिएका हेम नमुना आवासीय मावि र बेनी सामुदिायक माविले रु. पाँच÷पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...