माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको फाइनल प्रवेश

Gandaki Pardesh notice

बेनी, । माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

बेनीको खुल्ला मञ्चमा शनिबार भएको सेमी फाइनलमा बेनी सामुदायिक माविलाई शून्यका विरुद्ध एक गोल गर्दै वेष्ट पोइन्ट र हेम नमुना आवसीय मावि शिवाङलाई पेनाल्टी सुटआउटमा दुई का विरुद्ध चार गोल गर्दै माउन्ट फाइनलमा पुगेका हुन् ।

शनिबारनै भएको क्वाटर फाइनलमा बेनी सामुदायिक माविले जनप्रिय माविलाई शून्यका विरुद्ध चार गोल र हेम नमुना आवासीय माविले बेनी बोर्डिङलाई पेनाल्टी सुटआउटमा दुईका विरुद्ध चार गोल गरेर सेमी फाइनल पुगेका थिए ।

Shreekrishna hardwear in news

आइतबार बिहान फाइनल हुने आयोजक म्याग्दी जेसीजका दिनेश विश्वकर्माले बताउनुभयो । २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउण्डेशन रहेको छ । फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

Bhautik ministry notice about road

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...